Latest
img

बालबालिकालाई सफाइका काममा लगाउँदा, कसरी सिकाउने ?

 


गोपालप्रसाद भण्डारी
हामी हरेक दिन सफाइका काम गर्दछौँ । सफाइ स्वास्थ्यको आधार हो । उमेर र क्षमता अनुसार सरसफाईको जिम्मेबारी बालबालिकाहरुलाई पनि दिनुपर्दछ । अभिभावकहरुले घरभित्र र घरबाहिर सरसफाइ गर्दा आफूसंगै बालबालिकालाई पनि सहभागी गराउनुपर्दछ ।
आफ्नो पहुँचमा भएका आमसंचारका माध्यमबाट प्रसारित र प्रकाशित सामाग्री सुनाएर, देखाएर र हेरे सुनेका विषयमा बालबालिका समेत परिवारका सबै सदस्यहरु सँगै बसेर छलफल गर्दा उनीहरूले सफाइको महत्व बुझ्दछन् र सफाइमा सहभागी हुन्छन् ।

१. अभिभावकले आफूसंगै बालबालिकालाई सफाइका काममा सहभागी गराउँदै कुराकानी गर्दा उनीहरुले सफाई सम्बन्धी शब्द र वाक्यहरु सिक्दछन् ।

२. सफाइका काममा सहभागी गराउने गरियो भने दैनिक जीवनका लािग अति आवश्यक हुने व्यक्तिगत सरसफाई गर्ने सिप, घरायसी सरसफाइ गर्ने सिप, वातावरणीय सरसफाई गर्ने सिप बालबालिकामा विकास हुन्छ । निरन्तरको सहभागिता रह्यो भने सरसफाई गर्ने बानीको विकास हुन्छ ।


३. सफाइका काम गरिरहेकै बखत सफाइ गरिरहेको क्षेत्र र सफाइमा प्रयोग हुने सामग्री कै विषयमा कुराकानी गरेर रङको बारेमा जानकारी दिन सकिन्छ ।

४. उपयुक्त परिस्थितिको सिर्जना गरी गन्ती, जोड, घटाउ सिकाउन सकिन्छ ।

५. सफाइ गरिरहेकै क्षेत्रको सतहको आकारका बारेमा कुराकानी गर्दै उमेर र कक्षाअनुसारको ज्यामितिय पक्षको ज्ञान दिन, क्षेत्रफलको गणना गर्ने जस्ता सिप सिकाउन सक्दछौँ ।

 

 

Related Post

Leave A Comment