Latest
img

रास्वपाका अध्यक्ष लामिछानेका सवारी चालक छतबाट खसेर गम्भीर घाइते

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका सवारी चालक छतबाट खसेर गम्भीर घाइते हुनुभएको छ ।
आज बिहान लामिछानेको भरतपुरमा रहेको घरको छतबाट खसेर दिल बहादुर थापा घाइते हुनुभएको हो । शम्भु भनेर चिनिने थापा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का हुनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ३९ वर्षका उहाँको खुट्टामा र टाउको चोट चोट लागेको र उहाँ गम्भीर घाइते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उहाँ रास्वपाका महामन्त्री मुकुल ढकालका चालकसँगै राति छतमा सुतेको बताइएको छ ।

Related Post

Leave A Comment