Latest
img

नवलपुरमा भर्ना अभियान, शिक्षकहरु घरदैलोमा

नवलपुर । मुलुभर बैशाख ३ गतेबाट शैक्षिक सत्र सुरु भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका २७ हजार ८१२ सामुदायिक विद्यालयमा समयमै भर्ना, समयमै ज्ञान र गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने नाराका साथ वैशाख १५ गतेसम्मलाई विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । तीन तहको सरकारले संयुक्त रुपमा विद्यालय बाहिर भएका विद्यार्थीलाई विद्यालयमा ल्याउनको लागि भर्ना अभियान सञ्चालन गरिरहेको छ ।

नवलपुरका सामुदायिक विद्यालयहरुले पनि विद्यार्थीलाई विद्यालयको पहुँचमा ल्याउन घरदैलो अभियान जारी राखेका छन् ।


नवलपुर गैँडाकोटमा रहेको नारायणी माध्यामिक विद्यालयका शिक्षक शिक्षिकाहरु घरदैलो अभियानमा । तस्वीर गोविन्द रिमाल ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार २०७४ सालको तुलनामा २०७८ सालमा सामुदायिक विद्यालयमा विद्यार्थी २०.१४ प्रतिशतले ले घटेका छन् भने संस्थागत विद्यालयमा ४७.५५ प्रतिशतले बढेका छन् ।

 

Related Post

Leave A Comment