Latest
img

गैँडाकोटमा बैशाख ११ गते माटोको परीक्षण हुँदै

गैँडाकोट । गैँडाकोट नगरपालिकाको आयोजनामा बैशाख ११ गते गैँडाकोट नगरका ब्यवसायिक किसानहरुको खेतबारीको माटो परिक्षण गर्ने कार्यक्रम छ । किसानहरुको खेतबारीको माटोको परीक्षणले माटोको र बालीको अवस्थाका विषयमा जान्न र सोही अनुरुप खेती गर्न सहज हुने छ ।
यस्तै किसानहरुका लागि माटोको नमुना संकलन सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । गैँडाकोट नगरपालिका कृषि विकास शाखाको आयोजनामा नगरका वडा नं. ४ र ६ का किसानहरुका लागि तालिम दिइएको हो । कृषि विकास शाखाका प्रमुख राजुप्रसाद शर्माका अनुसार तालिममा सहभागि कृषकहरुलाई आफ्नो खेतबारीबाट माटोको नमुना के कसरी ल्याउने भन्ने बारेमा जानकारी गराइएको थियो ।

Related Post

Leave A Comment