Latest
img

मध्यविन्दु नगपालिकाको सरकारी जीपको ठक्करबाट ४ बर्षे बालकको मृत्यु

मध्यविन्दुु – मध्यविन्दु नगपालिकाको सरकारी जीपको ठक्करबाट ४ बर्षे बालकको घटनास्थलमै ज्यान गएको छ । मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करबाट मध्यविन्दु नगरपालिका वडा नं। १५ का  धनिराम माझीका ४ बर्षीय छोरा आदित्य माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

वडा नं। १५ स्थित हरवासटार खण्डको भित्री खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा २ झ २३१२ नम्वरको जीपले बालकलाई ठक्कर दिएको हो । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सन्तोष पाठकले बताए ।  आईतवार साँझ ५ बजे घटना भएको जानकारी प्राप्त् भएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट ६ जनाको अनुसन्धान सहितको टोली घटनास्थल पुगेको डिएसपी पाठकले बताएका छन् । चालकको परिचयका बारेमा भने जानकारी आईनसकेको बताईएको छ ।

Related Post

Leave A Comment