गुरुङ समुदायको खेमा लिपि हराउदै - Nepal Frontline
Latest
img

गुरुङ समुदायको खेमा लिपि हराउदै

यामु कुमाल

नवलपुर
लोप हुन लागेको तमु समुदायको भाषा र लिपि ९खेमा लिपि० संरक्षण गर्नु पर्ने तमु ह्युल छोज धीँ गुरुङ राष्ट्रिय परिषद् केन्द्रका अध्यक्ष कर्ण वहादुर गुरुङले बताउनु भएको छ । मंगलबार नवलपुरको कावासोतीमा भएको भेटघाट तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै उहाँले सो कुरा बताउनु भएको हो । गुरुङ समुदायको खेमा लिपिको अस्तित्व हराउदै गएको चिन्ताव्यक्त गर्दै यसलाई संरक्षण गर्नु पर्नेमा उहाँको जोड छ । भाषाको शब्दहरूमा संस्कृति लुकेका कारण तमु अर्थात् गुरुङ भाषा लोप भएमा उसको संस्कृति हराउने भएकोले भाषा संरक्षण गर्नु मुख्य दायित्व भएको उहाँको भनाइ छ । भाषालाई जिवन्त राख्नका लागि भाषाको लिपि आवश्यक पर्ने हुनाले लिपिको प्रचार र विकासका लागि केन्द्रले पनि खेमा लिपि संरक्षण र प्रवर्द्धनलाई जोड दिदै आएको बताउनु भयो ।

लोपोन्मुख तमु समुदायको खेमा लिपि हराउदै जादा गुरुङ समुदायका अगुवाहरुले चिन्ता व्यक्त गर्दै आइरहेका छन् । भने आउँदो पुस्ताका लागि आफ्नो भाषा र संस्कृति बचाउनका लागि , जिवन्त राख्नका लागि भाषा र लिपि संरक्षणमा गुरुङ समुदाय एक जुट हुनु पर्ने कार्यक्रममा बोल्ने वक्ताहरु ब्ताउछन् । यस्तैगरी कार्यक्रलाई सम्वोधन गर्नु हुँदै तमु ह्युल छोज धीँ गुरुङ राष्ट्रिय परिषद् गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष बुद्धि वहादुर गुरुङले खेमा लिपिका प्रशिक्षणहरु हुँदै आएपनि त्यो प्रभावकारी हुन नसकेको बताउनु भयो । त्यस कारणले गर्दापनि गुरुङ समुदायले आफ्नो लिपि , भाषालाई जिवन्त राख्न छ भने दृण संल्कपका साथ लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रम गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति नवलपुरको आयोजनामा भएको थियो । कार्यक्रम परिषद्का अध्यक्ष जगतकाजी गुरुङको सभाध्यक्ष्ता एवम् तमु ह्युल छोज धीँ गुरुङ राष्ट्रिय परिषद् केन्द्रका अध्यक्ष कर्ण वहादुर गुरुङको प्रमुख आसतथ्यता रहेको थियो । यस्तै कार्यक्रममा केन्द्रिीय सचिव सन्तलाल तमू लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम कावासोती नगरपालिका ५ स्थित पेमा साम्डुङ छ्योइलिङ गुम्वामा भएको थियो ।

Related Post

Leave A Comment