Latest
img

नेपाल दरै उत्थान समाज केन्द्रको दोश्रो राष्ट्रिय महाधिवेशन नवलपुरमा

नवलपुर – नेपाल दरै उत्थान समाज केन्द्रीय समितिको दोश्रो राष्ट्रिय महाधिवेशन नवलपुरमा हुने भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका १२ नयावेलानीमा महाधिवेशन शुक्रबार र शनिबार हुन गइरहेको छ । दोश्रो राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि ३ सय ५० सदस्यीय प्रतिनिधिमण्डल रहेको र उद्घाटन नेपाल आदिवासी जनाजाति महासंघका केन्द्रीय महासचिव विवश राईले गर्ने नेपाल दरै उत्थान समाज केन्द्रीय अध्यक्ष मंगलराम दरैले बताउनु भयो ।

महाधिवेशनले आउँदो तीन वर्षका लागि नयाँ कार्यसमितिसमेत चयन गर्नाका साथै दरै समुदायका लोप हुँदै गएको भाषा धर्म संस्कार संस्कृति , पहिचानलाई स्थापित गराउँदै लैजाने उहाँले जानकारी दिनुभयोे । नेपाल सरकारले ५९ जातिलाई आदिवासी जनजाति समुदायका रुपमा सूचीकृत गरेको मध्ये दरै जाति पनि एक हो । महाधिवेशनमा १६ वटा जिल्लाका दरै समुदायका पदाधिकारीहरुको उपस्थित रहने छ । महाधिवेशन दुई दिनसम्म चल्ने छ । महाधिवेशनको व्यवस्थापन नेपाल दरै उत्थान समाज जिल्ला कार्यसमिति नवलपुरले गरेको छ ।

Related Post

Leave A Comment