Latest
img

नवलपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

एलिना केसी

नवलपुर- नवलपुरलाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना” जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिद्वारा मंगलबार आयोजित एक समारोहमा नवलपुर जिल्लालाई आर्थिक बर्ष २०७९र०८० को पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक बाबुराम विश्वकर्माले गर्नुभएको थियो ।

जिल्ला भित्र रहेका बालबालिकाहरुलाई १३ प्रकारका रोग विरुद्ध खोप प्रदान गरिएको जिल्ला जनस्वास्थ्य कार्यलय नवलपुरका प्रमुख केशब प्रसाद चापागाईले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७८र०७९ मा बालबालिकाहरुलाई दिने अन्तिम खोप दादुरा रुबेलाको दोस्रो मात्रा लगाउने बालबालिकाहरुको संख्या ५ हजार ७ सय ५३ जना रहेको र त्यसको प्रगति भने ९७ प्रतिशत रहेको र यो आर्थिक बर्ष बैशाख सम्म सोही खोप लगाउनेको संख्या ४ हजार ७ सय २ रहेको बताउनुभयो ।

जिल्लामा पूर्ण खोप सुनिश्चितता घोषणाको प्रकृयामा घरधुरी सर्बेक्षण गर्दा अध्याबधिक भएको तथ्याङ अनुसार जिल्लामा खोप लगाउन छुटेका कुल १ सय २ जना र खोप लगाइएका छुट बालबालिकाको संख्या १ सय १ गरि कुल १ सय ३ जना बालबालिकाहरु खोपबाट छुटेको जिल्ला स्वास्थ्य कार्यलय नवलपुरको तथ्याङले देखाएको छ । जिल्लाका आठवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले नवलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । कार्यक्रममा जिल्लाका पालिकाका प्रमुख, उपप्रमुख, जिल्ला प्रशासन कार्यलय नवलपुरका साहायक जिल्ला अधिकारी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरका प्रत्येक पालिकाका उत्कृष्ट खोप कार्यकर्ताहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।

Related Post

Leave A Comment