Latest
img

लम्पी स्किनका कारण २५ हजार पशुको मृत्यु

काठमाडौं – लम्पी स्किन रोगको संक्रमणका कारण साढे तीन महिनामा २५ हजार भन्दा बढी पशुको मृत्यु भएको छ ।

२०७९ चैतमा देखिएको उक्त संक्रमण असार दोस्रो सातासम्म ७६ जिल्लामा फैलिएको छ । संक्रमणले २५ हजार ४०८ पशुको मृत्यु भएको मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । हालसम्म ६ लाख ८२ हजार ८० पशुपंछी संक्रमित भएकामा ४ लाख ९ हजार १७५ पशु निको भएको र अझै २ लाख ४७ हजार ४९७ पशुमा संक्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो केही दिनदेखि संक्रमणदर केही घट्दै गएको पनि मन्त्रालको भनाइ छ ।

रोगको संक्रमणबाट पशुपंछी जोगाउन पशु सेवा विभाग मातहतका निकाय, प्रदेश र स्थानीय सरकारले सबै खाले प्रयास गरेको सरकारको दाबी छ । रोगको संक्रमण नियन्त्रणका लागि सातै वटा प्रदेशमा वितरणका लागि ७ लाख ३७ हजार डोज खोप वितरण भएको र एक लाख ७२ हजार १२८ पशुमा खोप कार्य सम्पन्न भएको पनि सरकारी दाबी छ ।

रोग नियन्त्रणका लागि पशु चिकित्सक परिचालनका लागि १६१ स्थानीय तहमा भेटेरिनरी डाक्टर र सवै स्थानीय तहमा प्राविधिकहरुको व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको पनि मन्त्रालयले जनाएको छ । रोगको संक्रमणका कारण बाच्छाबाच्छी, दुहुनो र सुत्केरी अवस्थाका पशुहरुलाई धेरै असर गरेको देखिएको भन्दै मन्त्रालयले त्यस्ता पशुको सुरक्षामा सतर्कता अपनाउन किसानहरुको ध्यानाकर्षण गराएको छ ।

Related Post

Leave A Comment