कावासोती र गैँडाकोटको नर्सरीमा उत्पादित एक लाख १८ हजार बिरुवा वितरण - Nepal Frontline
Latest
img

कावासोती र गैँडाकोटको नर्सरीमा उत्पादित एक लाख १८ हजार बिरुवा वितरण

नवलपुर- डिभिजनल बन कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले ३२ प्रजातिका एक लाख १८ हजार भन्दा वढि बिरुवा निशुल्क वितरण गर्ने भएको छ । बन कार्यालयले कावासोती र गैंडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण थालेको हो ।

डिभिजनल बन कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)को परिसरमा रहेको डिभिजन नर्सरी र गैंडाकोट सव डिभिजन कार्यालयको सव डिभिजन नर्सरीमा हुर्काईएका एक लाख १८ हजार विरुवा बृक्षरोपणका निमित्त निशुल्क वितरण थालिएको बन अधिकृत एवं सूचना अधिकारी हरिप्रसाद गौतमले बताउनु भयो । दुई वटै नर्सरीबाट एक लाख १७ हजार बिरुवा उत्पादनको लक्ष्य रहेपनि लक्ष्यभन्दा धेरै बिरुवा तयार भएको उहाँले बताउनु भयो ।

यस बर्ष बन कार्यालयले आफ्नै नर्सरीमा ३२ प्रजातिका बिरुवाहरु तयार गरेका छ । जसमा बहुवर्षीय रुखका बिरुवा, बहुवर्षीय डालेघाँसका विरुवा, बहुवर्षीय फूलका विरुवा, सुगन्धित, जडीबुटीजन्य बिरुवाका साथै भू–क्षय, कटान तथा पहिरो रोकथामा उपयोगी बाँस तथा अम्रिसो जातका बिरुवाहरु उत्पादन गरेको छ ।

असार ८ गतेदेखि विरुवा उपलब्ध गराउन थालिएसँगै अहिले बिरुवा लिन आउनेहरु बढेका छन् । लामो समयको खडेरीपश्चात् भर्खर मनसुन सक्रिय भएकाले अव सवरुवा रोप्दा जोगाउन सजिलो हुने भएपछि बिरुवा लिन आउनेहरु बढेका हुन् । निजी, सार्वजनिक तथा संस्थागत सवैलाई निशुल्क रुपमा विरुवा उपलब्ध गराउँदा बाताबरणीय सन्तुलन, बातावरणीय सौन्दर्यीकरण, भू–क्षय तथा कटान रोकथाम, पशुको आहारा घाँस परिपुर्तिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

“बिशेष गरी निजी जमिनमा बिरुवा माग गर्ने उपभोक्ताहरुले सौन्दर्यजन्य धुपी, कल्कीफूल, गोलमोहर, विरेन्द्रफूल, कपुर जस्ता विरुवाहरु लैजाने गरेका छन्” सुचना अधिकारी गैतमले भन्नु भयो “सामुदायिक बन, संस्थागत र सार्वजनिक स्थलमा बृक्षरोपण गर्नेहरुबाट सबै प्रजातिका मिश्रित विरुवाको माग हुने गरेको छ ।” कार्यालयले विरुवा वितरण खुला गरेसँगै यहाँका विद्यालयहरुले समेत वृक्षरोपणमा चासो देखाएका छन् ।रासस

Related Post

Leave A Comment