असार १६, २०८० शनिबार
नवलपुर- पछिल्लो २४ घण्टामा पूर्वी नवलपरासीको विनयत्रिवेणी–५ देउरालीमा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विभागको वेबसाइटमा राखिएको पछिल्लो तथ्यांकअनुसार पूर्वी नवलपरासीमा २ सय ९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।
यसैगरी स्याङ्जाको कुमालगाउँमा १ सय ५१ मिलिमिटर र रुपन्देहीको तिलोत्तममा १ सय ३० दशमलव ४ मिलिमिटर वर्षा भएको उल्लेख छ । त्यस्तै पाल्पाको जल्पा क्षेत्रमा पनि ठूलो पानी परेको छ।
रातभर भारी वर्षा भएको कारण नवलपरासी पूर्वको खहरे खोला तथा नारायणी नदीमा पानीको सतह बढ्न सक्ने भन्दै सर्तक रहन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । लामो समयदेखि पानी नपरेर रोपाइँ गर्न नपाएका किसानले वर्षाले राहत दिए पनि ठाउँठाउँमा सडक अवरुद्ध हुँदा भने यात्रुहरू अलपत्र परेका छन् ।
Leave A Comment