Latest
img

एनआरएनए एनसीसी अमेरिकाको बोर्ड सदस्यमा सरस्वती शर्माको उम्मेदवारी

गैर आवासीय नेपाली सङ्घ(एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको बोर्ड सदस्य (महिला) पदमा सरस्वती(सरु) शर्माले उम्मेदवारी दिएकी छन् । सन् २०२३—२०२५ कार्यकालको नेतृत्वका लागि उनले डिलु पराजुलीको प्यानलबाट उम्मेदवारी दिएकी हुन् ।

परिणाम उन्मुख योजना, निरन्तरता,प्रतिबद्धता र सहकार्य अहिलेको आवश्यकता ” भन्ने मूल नारालाई आत्मसाथ गर्दै गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समन्वय परिषद् अमेरिकाको आसन्न निर्वाचन (२०२३–२०२५ ) का लागी आफूले बोर्ड अफ डायरेक्टर(महिला) पदको लागि मनोनयन दर्ता गराएको कुरा उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।
“एकपटकको नेपाली सधैको नेपाली “ भन्ने मूल मर्मलाई आत्मासाथ गर्दै , एनआरएनएलाई शुद्ध, राजनीतिरहित र साधारण गैर आवासीय नेपालीले पनि आफ्नो संस्थाको रूपमा महसुस गर्न सक्ने बनाउनका लागि आफ्नो उम्मेदवारी रहने उनले बताएकी छन् ।

गैर आवासीय नेपाली सङ्घको अभियानमा विगत देखि नै सहभागी हुँदै आएको र सकेको सहयोग गर्दै आइरहेकाले पनि अब नेतृत्व तहमा सहभागी हुँदै सबैको साथ सहयोग र छलफलबाट संस्थालाई बलियो बनाउन आफू उम्मेदवार बनेको उनको भनाई छ । उनी गैर आवासीय नेपाली सङ्घ(एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वर्तमान कार्यकालमा मिडिया एन्ड पब्लिकेशन कमिटीको सह संयोजक, मिडवेस्ट क्षेत्रको कार्यसमिति सदस्य लगायत ओमेन्स ईम्पावरमेन्ट कमिटीमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आइरहेकी छन् ।

नेपाल हुँदादेखि नै पत्रकारितालाई आफ्नो पहिचान बनाउँदै सामाजिक काममा सक्रिय रहेकाले अमेरिका गएपछि पनि एनआरएनएका बारेमा बुझ्ने र जान्न उत्सुक हुने गरेको उनी बताउँछिन् । त्यसै अनुरूप २०१७ मा अमेरिकाको विस्कन्सन गएसँगै एनआरएनएका हरेक कार्यक्रममा स्वतः स्फूर्त रूपमा सहभागी हुँदै विभिन्न टास्क फोर्समा बस्दै आफूले गर्न सक्ने योगदान गर्दै आएको उनले बताइन् ।

यसै क्रमलाई जारी राख्दै अझै धेरै जोस र जागर संगै धेरै दिदी बहिनी तथा युवाहरूको सहभागिता बढाउनका साथै सबैको एनआरएनए हो भन्ने जनमानसमा पुर्याउने बनाउन, एनआरएनएमा विद्यार्थी तथा अमेरिकामै जन्मिएका युवाहरूको सहभागिता बढाउन पहल गर्न, महिला तथा युवालाई नेतृत्व विकास कार्यक्रमहरू सञ्चालन गर्न लगायतका एजेन्डा सहित आफूले एनआरएनए एनसिसि युएसए को बोर्ड अफ डायरेक्टर महिला पदमा उम्मेदवारी दर्ता गराएको जानकारी दिइन् ।

गैर आवासीय नेपाली सङ्घ(एनआरएनए) अमेरिकाको निर्वाचन जुलाई २२ र २३ तारिखमा हुँदैछ ।

 

Related Post

Leave A Comment