Latest
img

प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको निधन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको उपचारको क्रममा निधन भएको छ।

उनको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पताल थापाथलीका प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए। प्रधानमन्त्रीपत्नी सीता दाहालको अक्सिजन मात्रा घटेपछि उपचारका लागि उनलाई बुधबार बिहान अस्पताल पुर्‍याइएको थियो।

अस्पतालले उनलाई मृत घोषणा गरेको हो। उनकाे पार्थिव शरीर बिहान ११ बजेसम्म पार्टी कार्यालयमा राखिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ। उनको आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिवालयले बताएको छ।

Related Post

Leave A Comment