Latest
img

नवलपरासीको डण्डा, देउराली र बर्दघाटमा भारी वर्षा

काठमाडौं- नवलपरासीको डण्डा, देउराली नवल, बर्दघाट र आसपास भारी वर्षा भएको छ । वर्षा अझै नरोकिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो तीन घण्टामा डण्डा, देउराली नवल, बर्दघाट र आसपास भारी वर्षा भएको आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । उक्त स्थान भएर बहने साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको हो ।

महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै कमजोर, भिरालो जमिनमा पहिरोको जोखिम रहने हुँदा यात्रा गर्दा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

Related Post

Leave A Comment