Latest
img

पुरानो कावासोतीमा घरबाटै मोटरसाइकल चोरी

यामु कुमाल

नवलपुर- नवलपुरमा घरबाटै मोटरसाइकल चोरी भएको छ । जिल्लाको कावासोती नगरपालिका ३ पुरानो कावासोतीमा गएराती चोरी भएको हो । स्थानीय खर नारायण महतो ( साजन ) ले आफ्नै घरमा राखेको गण्डकी प्रदेश ०४-००१ प १९१८ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको हो । बेलुका हेण्डिल लक गरेर बरन्डामा राखेको मोटरसाइकल बिहान उठ्दा नभएकाले चोरी भएको थाहा पाएको महतोले बताउनु भयो । राती कामबाट आएपछि १२ बजेतिर हेण्डिल लक गरेर राखेको थिए , राती २ बजेसम्म त्यही थियो , बिहान उठेर निस्कदा बाइक नै छैन , चाबी म संग नै छ , राती चोरी भएछ । मोटरसाइकल हराएपछी उहाले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिनु भएको छ । नवलपुरमा पछिल्लो समय मोटरसाइकलदेखि घरका भाडाकुडा गरगहना चोरी हुने क्रम बढ्दो छ ।

Related Post

Leave A Comment