Latest
img

अस्पतालमा आँखा पाक्ने बिरामीको चाप

मीना कंडेल

नवलपुर- नवलपुरमा आँखा पाक्ने रोग व्यापक रूपमा फैलिएपछि सचेत रहन जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । पछिल्लो केही दिन यता बालबालिकादेखि वृद्धवृद्धामा आँखा पाक्ने रोग फैलिएको हो ।

जिल्लाका सबै सरकारी अस्पतालमा दैनिक पाँच सय आँखा पाक्ने बिरामी आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशब चापागाईंले बताउनुभयो । शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले डेंगु एवम् आँखाको भाइरल कन्जक्टिभाइटिस रोग सम्बन्धी सञ्चारकर्मीहरुको लागि आयोजना गरिएको अभिमुखीकरणमा सो जानकारी गराईएको हो । प्रमुख चापागाईले भन्नुभयो, “नवलपुर जिल्लामा बाहिरबाट आउने व्यतिmका कारण आँखा पाक्ने रोग व्यापक रुपमा फैलिएको छ । सरकारी अस्पतालमा मात्र दैनिक पाँच सय आँखाका बिरामी आउँछन् । निजि अस्पतालको त तथ्याङ्क एकिन नै गरिएको छैन ।”

मध्यविन्दु जिल्ला अस्पतालका डाक्टर कमलराज न्यौपानेका अनुसार अस्पताल आउनेलाई बिरामीको अवस्था हेरेर आँखामा हाल्ने औषधि सहित सरसफाइमा ध्यान दिनेबारे सल्लाह दिने गरिएको छ। उहाँले भन्नुभयो, “साना उमेरका बालबालिकामा अझै बढी समस्या छ । आँखाको समस्या दिनदिनै बढ्दै गएकोले आँखाका बिरामीले सामान्य चेकजाँच पछि घरमानै बसेर उपचार गर्न सकिने हुदा सक्रमितका बिरामी भिडभाडमा नजाने अनुरोध गर्नु भएको छ ।” मौसमको परिवर्तनसँगै एक व्यक्तिबाट अर्काे व्यक्तिमा फैलिएको भाइरल प्रकोपले धेरैलाई प्रभावित बनाएको मध्यविन्दु जिल्ला अस्पतालका डा. कमलराज न्यौपाने बताउनुहुन्छ ।

केहि दिनदेखि फैलिएको यस समस्याले विद्यालयका विद्यार्थीहरुलाई समेत प्रभाव पारेको छ । अहिले विद्यालयमा अध्यननरत अधिकांश बालबालिकामा आँखा पाक्ने समस्या देखिएको र विद्यार्थीको पढाईलाई समेत असर पुर्याएकोे छ । जिल्लाका सबै पालिकामा मङ्गलबारदेखि विद्यालय बन्द छन् ।

त्यस्तै, जिल्लामा डेंगुको जोखिम बढ्दो छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार साउन महिनाको अहिलेसम्म २९ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका ल्यावटेक्निसियन डिल्लीराम तिवारीले सबैभन्दा बढी असोज र कात्तिक महिनामा डेंगुका बिरामी बढ्न सक्ने भएको हुँदा पहिलो चरणमा आम नागरिक आफंै सतर्क भएर सरसफाईमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

Related Post

Leave A Comment