मिलिनियम कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत - Nepal Frontline
Latest
img

मिलिनियम कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

चितवन-चितवनको भरतपुर–१० बालमन्दिर चोकमा रहेको मिलिनियम मोडल कलेज एवम् इडेन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । कलेजले आज (शुक्रबार) औपचारिक कार्यक्रम गर्दै कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत गरेको हो ।
कार्यक्रममा मिलिनियम मोडल कलेजका क्याम्पस प्रमुख ईश्वरीराज पण्डितले विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको संक्षिप्त जानकारी गराउनुभएको थियो । मानविकी, व्यवस्थापन तथा शिक्षा सङ्कायमा कलेजले उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेको भन्दै कक्षा ११ मा नयाँ आएका विद्यार्थीहरुलाई लगनशील भएर अध्ययन गर्न आग्रह गर्नुभयो । कक्षा ११ बाटै उच्च शिक्षाको ढोका खुल्ला हुने भन्दै पण्डितले विद्यार्थीहरुको मेहनतमा शिक्षकहरुले साथ दिने बताउनुभयो ।

स्वागत कार्यक्रममा इडेन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलका प्राचार्य प्रेमराज सुवेदीले नव आगन्तुक विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले विभिन्न कलामा आधारित जीवनोपयोगी सीप, क्षमता अभिवृद्धिसँगै भविष्यमा सफल उदाहरणीय व्यक्ति बन्नका लागि अबलम्वन गर्नुपुर्ने विषयको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । कक्षा ११ मा भर्ना भाएका विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै उहाँले विद्यार्थीहरुलाई लगनशील भएर अध्ययन गर्न सुझाव दिनुभयो ।

विद्यार्थीहरुको स्वागत कार्यक्रममा कक्षा १२ की छात्रा हिमानी बोहोरा तथा कक्षा ११ की छात्रा प्रश्ना परियारले विद्यार्थीहरुलाई स्वागत तथा शुभकामना दिनुभएको थियो । स्वागत कार्यक्रममा अवसरमा विद्यार्थीहरुले नाचगान गर्दै आफूभित्रको प्रतिभा प्रस्तुत गरेका थिए । कक्षा १२ का छात्र सफल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा इडेन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलका सहप्रचार्य राजेश पण्डित, प्राध्यापकहरु डा शेषकान्त अधिकारी, पदम शङ्कर सापकोटा, सन्दिप सुवेदीलगायतले विद्यार्थीहरुलाई सफल भविष्यको कामना गर्नुभएको थियो ।

Related Post

Leave A Comment