खुट्टाले लेखेर साहित्य सृजना गर्ने खाम्चालाई ल्यापटप प्रदान - Nepal Frontline
Latest
img

खुट्टाले लेखेर साहित्य सृजना गर्ने खाम्चालाई ल्यापटप प्रदान

यामु कुमाल

नवलपुर- विद्यार्थी सहयोग कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ चितवन वाङ्मयका सल्लाहकार कर्णेल धन बहादुर मास्की रानाले शारीरिक रूपमा अशक्त याम खाम्चा मगरलाई ल्यापटप प्रदान गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसरमा नवलपुरको कावासोती नगरपालिका २ निवासी घर भएका रानाले दुबै हात नचल्ने ,बोल्न नसक्ने तर खुट्टाले लेख्ने, कम्प्युटर, ल्यापटप, मोबाइल चलाउन सक्ने खाम्चालाई उक्त सामग्री गर्नुभएको गरेको हो ।

बिहिवार नवलपुरको सदरमुकाम कावासोतीमा एक औपचारिक कार्यक्रमका बिच खाम्चालाई सम्मानका साथ ल्यापटप वितरण गरेको कर्णेल धन बहादुर मास्की रानाले बताउनु भयो । पाल्पा जिल्लाको रामपुर नगरपालिका एक बर्दाकोटका २५ वर्षीय याम खाम्चा मगर शारीरिक रूपमा अशक्त रहेपनि स्मरण शक्ति राम्रो रहेका उनी जिज्ञासु हुनाका साथै केही नयाँ कुरा सुन्ने र देख्ने बित्तिकै इसारा गरेरै त्यसबारे जानकारी लिन खोज्छन् । उनको दुबै हात चलाउन नसक्ने र बोल्न पनि नसक्ने समस्या जन्मजात नै हो । कक्षा १० सम्म पाल्पाकै श्री बालहित माध्यमिक विद्यालयमा अध्ययन गरेका खाम्चाले नवलपुरको हुप्सेकोट बसाइँसराइ आएपछि लोकसेवा माध्यमिक विद्यालयबाट पलस टु उत्तीर्ण गरिसकेका छन् ।

उनले सिगेट कम्प्युटर इन्स्टिच्युट गिरुवारी बाट बेसिक कम्प्युटर कोर्स पूरा गरेका छन् । आफू शारीरिक रूपमा अशक्त भएपनि नयाँ प्रविधिको अध्ययनमा रुची राख्ने खाम्चाले खुट्टाको माध्यमबाट नै ल्यापटप , कम्प्युटर मोबाइल र कापीमा गजल , मुक्तक र कविताहरू लेख्ने गरेका छन् । त्यस कारणले गर्दापनि शारीरिक रूपमा अशक्त भएपनि फरक क्षमता भएका खाम्चाको मेहेनतलाई सम्मान गर्दै रानाले आफू ७५ औँ वसन्त पार गरी ७६ औँ वसन्तमा प्रवेश गरेको अवसरमा उनको क्षमतालाई हौसला बढाउनका लागि वितरण गरिएको बताउनु भएको छ ।

बौद्धिक क्षमतालाई उजागर गर्ने प्राविधिक उपकरणहरू मार्फत सहज हुने र प्रविधिको प्रयोग गरी साहित्यिक सृजना गर्न सकोस् भन्ने अपेक्षा व्यक्त गर्नु भयो । गर्भावस्था मै जन्डिस कमलपित्त रोगले ग्रस्त उनले औषधोपचारको अभावमा जीवनभर अर्काको साहारामा बाँच्नु परेको छ । दुबै हात चलाउन नमिले पनि फुर्सदको समयमा उसले खुट्टाले चम्चा च्यापेर खाना खाने गरेको आमा योगमाया खाम्चाले बताउनु भयो ।

फरक क्षमताका यामको कार्य देख्ने जो कोहीलाई पनि साहित्यकार झमक घिमिरेको झ–झल्को आउँछ । उनले खुट्टाले लेखपढ गरेर भविष्यमा झमक घिमिरे झै ठूलो मान्छे बन्ने सपना साँचेका छन् । बिहिवार भएको कार्यक्रम लायन्स क्लब अफ चितवन वाङ्मयका अध्यक्ष लीला मास्की रानाको सभाध्यक्षता एवम् निवर्तमान डिस्ट्रिक गर्भनर सिद्धार्थ लाल चुके नेवारको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तैगरी फस्ट भाइस डिस्ट्रिक गर्भनर दीनानाथ न्यौपाने, बाल गोपाल चुके ,क्लस्टर चिफ पुरन थापा मगर , जोन चियार पर्सन हरिप्रिया , समाजसेवी भोज राज दाहाल ,हरी प्रसाद ढुङ्गाना , युवराज सुवेदी , क्याप्टेन लेखनाथ तिवारी , सुबेदार मेजर प्रेम बहादुर राना , योग प्रसाद रिजाल लगायतको विशेष आतिथ्ययता रहेको थियो । कार्यक्रम पानस बैंकक्विटमा भएको थियो ।

 

Related Post

Leave A Comment