हुप्सेकोटमा करेन्ट लागेर निर्माण मजदुरको मृत्यु - Nepal Frontline
Latest
img

हुप्सेकोटमा करेन्ट लागेर निर्माण मजदुरको मृत्यु

नवलपरासी- नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो हुप्सेकोट गाउँपालिका–३ चौरङ्गी धर्मचोकमा रौतहट स्थायी घर भएका ६५ वर्षीय भिखुर मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनु भयो ।

“स्थानीय मिना फाल मगरको घरमा ब्लकको गारो लगाउने क्रममा मुखियालाई करेन्ट लागेको थियो ”उहाँले भन्नु भयो “तत्काल मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।” काठका मिस्त्रीले झ्याल ढोकाको काम गर्ने क्रममा कुखुराको खोरको जालीमा करेन्ट लाग्दा मुखियालाई करेन्ट लागेको हो । अन्यलाई भने केही नभएको प्रहरी उपरीक्षक रेग्मीले बताउनु भयो । रौतहट स्थायी घर भएका मुखिया हुप्सेकोट क्षेत्रमा निर्माण मजदुरका रूपमा काम गर्दै आउनु भएको थियो । रौतहटबाट मृतकका आफन्त नआउदा सम्म शवलाई मध्यविन्दु जिल्ला अस्पताल डण्डा राखिने उहाँले बताउनु भयो ।

Related Post

Leave A Comment