पौरखी बचत तथा ऋण सहकारी संस्थाको नवनिर्वाचित समितिले गरे गोपनियताको शपथ ग्रहण - Nepal Frontline
Latest
img

पौरखी बचत तथा ऋण सहकारी संस्थाको नवनिर्वाचित समितिले गरे गोपनियताको शपथ ग्रहण

नवलपुर
पौरखी बचत तथा ऋण सहकारी संस्था लि.को नवनिर्वाचित संचालक समितिले शनिवार गोपनियताको शपथ ग्रहण गरेका छन । सहकारीको १३ औं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनबाट सर्वसम्मत चयन भएको नयां कार्यसमितिलाई निर्वाचन संयोजक याम बहादुर थापाले गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो ।

जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यतामा नव निर्वाचित संचालक समिति,लेखा समिति र सा.सु.का. संचालन समिति सदस्यलार्य प्रमाण पत्र समेत वितरण गरिएको छ ।

नवनिर्वाचित संचालक समितिको अध्यक्षमा शालिकराम कोइराला, उपाध्यक्षमा विष्णु प्रसाद सुवेदी, सचिवमा ज्ञानेन्द्र न्यौपाने, कोषाध्यक्षमा मिना कुमारी घिमिरे, सहसचिवमा होम बहादुर विश्वकर्मा रहुनभएको छ । त्यस्तै सदस्यहरुमा हरिभक्त लम्साल,दुर्गा प्रसाद भुसाल, गणेश गुरुङ्ग, चन्द्रकला सापकोटा अर्याल, गंगा प्रसाद भट्टराई, मेग प्रसाद पराजुली, चन्द्रकला प्रसाई खड्का, झन बहादुर घर्ति मगर, लेखा समिति संयोजकमा विश्वनाथ काफ्ले, लेखा समिति सदस्यहरुमा नारायण प्रसाद तिमिल्सिना र दुर्गा प्रसाद चापागाई चयन हुनुभएको थियो ।

निर्वाचन संयोजक याम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पौरखी बचत तथा ऋण सहकारी संस्था लि.को सस्थापक अध्यक्ष धनन्जय तिमिल्सिना सहित पूर्व संचालक समिति, लेखा समितिहरुको उपस्थिती रहेको थियो ।

 

Related Post

Leave A Comment