Latest
img

शौभाग्य बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं वार्षिक साधारण सभा सम्पन्न

कावासोती
शौभाग्य बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गणेश मन्दिरको सभाहलको भएको सभामा कावासोती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तवारक अहमद मियांको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं वडा अध्यक्ष तवारक अहमद मियांले सहकारीहरुले लगानी बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

लगानी गर्दा फिर्ता नहुने डरक्रास नमानी आवश्यक प्रक्रिया पुरा गरी ढुक्कका साथ ऋण प्रवाह गर्न आग्रह गर्दै अध्यक्ष मियाले “वडा कार्यालयले युवाहरुलाई कृषिमा आकर्षित गर्ने योजनाहरुलाई अगाडि बढाएको बताउनुभयो । ” कार्यक्रममा सस्थाका अध्यक्ष तिलाराम भुसालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०÷०८१ मा शेयर सदस्य संख्या ९ सय ३८ बाट वृद्धि गरी १३ सय पुर्याउने लक्ष्य लिएको जानकारी गराउनुभयो । त्यस्तै यस वर्ष देखि आर्थिक सुरक्षाको निम्ति १ थान ढुकुटी, सिसि क्यामरा सहितको आकर्षक, सुरक्षित र सबैलाई पायक पर्ने स्थानमा कार्यालय भवन स्थान्तरण गरी रेमिटान्स सेवा समेत सञ्चालन गरिने, सुत्केरी भेटघाट कार्यक्रम र अन्य सदस्य भेटघाट कार्यक्रम जस्तैः नयां दुलही बचत कार्यक्रम, जोडाजोडी बचत कार्यक्रमहरुलाई निरन्तरता दिइने लगाएतका वार्षिक प्रस्ताविक नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सहकारीको नीति अनुरुप ऋण लगानी र बचतलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए । युवाहरुलाई सहकारी र कृषिमा सहभागि बनाउन आवश्यक रहेको भन्दै यसको लागि युवा स्वरोजगार लक्षित योजना ल्याउन आवश्यक रहेको औल्याएका थिए । कार्यक्रममा सस्थाका, सल्लाहकार समिति सदस्य नारायण प्रसाद पन्त, सस्थाका सस्थापक उपाध्यक्ष ज्ञान प्रसाद डुम्रे,विष्णुनगर कृषि सहकारी सस्थाका अध्यक्ष खुमकान्त गौडेल लगाएत विभिन्न संघसस्थाका प्रमुख एवं प्रतिनिधी र शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । सस्थाका अध्यक्ष तिलाराम भुसालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मण श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सुदिप विश्वकर्माले गर्नुभएको थियो ।

Related Post

Leave A Comment