Latest
img

मध्यविन्दु क्याम्पसले आगामी वर्षदेखि स्वायत्त रुपमा एमबीएका कक्षा सञ्चालन गर्ने

बोमलाल गिरी

कावासोती – नवलपुरको कावासोती–३ मा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसले आगामी वर्षदेखि एमबीएका कक्षा पनि सञ्चालन गर्ने भएको छ । हाल स्नातकोत्तर तहमा लेखा, बित्त र बजार शास्त्रमा एमबीएस र नेपाली तथा स्वास्थ्यमा एमएड मात्र सञ्चालन गरेको क्याम्पसले विभागहरु विस्तार गर्दै एमबीए पनि सञ्चालन गर्ने भएको हो ।

१८औं वार्षिकोत्सव तथा अभिभावक दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख गणेशमान गिरीले यस्तो जानकारी दिएका हुन् । क्यूएए (गुणस्तर सुनिश्चितता प्रत्यायान) मान्यता क्याम्पसहरुले मात्र स्वायत्त कार्यक्रम सञ्चालन गर्न पाउने प्राब्धान रहेकाले एमबीए कार्यक्रम स्वायक्त रुपमा सञ्चालन गर्न लागिएको सहायक क्याम्पस प्रमुख विष्णु लम्सालले बताए । नवलपुरमा क्यूएए पाउने मध्यविन्दु पहिलो क्याम्पस हो ।

त्यस्तै सम्बन्धन पाएमा बीएचएम, बीबीएम, बीएससी, बीएससी–सीएसआइी तथा इन्जिनियरिङ तगायतका अन्य प्राविधिक विषयहरु पनि सञ्चालन गर्ने गृहकार्य भइरहेको सहायक क्याम्पस प्रमुख सुरेन्द्र एमसीले जानकारी दिए । मध्यविन्दुले हाल स्नातक तहमा बीबीए, बीआइसीटीइ, बीबीएस, बीए, बीएड तथा प्लस टुमा साइन्स, होट म्यानेजमेन्ट, व्यवस्थापन, शिक्षा र मानविकि संकायका कक्षा सञ्चालन गरिरहेको छ ।

त्यस्तै आफ्नै पाठ्यक्रम निर्माण गरी डीम (मानक) विश्व विद्यालय सञ्चाल गर्ने गृहकार्य पनि भइरहेको क्याम्पसका अध्यक्ष जीवन श्रेष्ठले बताए । डीम विश्वविद्यालयका लागि क्युएए पाएको, कम्तिमा २५ विगाहा आफ्नै जग्गा भएको लगायत प्राब्धान रहेका छन् ।

क्याम्पसमा हाल प्लस टुमा एक हजार ६ सय २०, स्नातक तहमा एक हजार ५ सय ६९ र स्नातकोत्तर तहमा ९८ जना गरी ३ हजार २८७ जना विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रशासनले जनाएको छ ।

Related Post

Leave A Comment