एउटै वडामा २७ जना क्षयरोगी फेला - Nepal Frontline
Latest
img

एउटै वडामा २७ जना क्षयरोगी फेला

पूर्वी नवलपरासी — बुलिंटार गाउपालिकाको एउटै वडामा २७ जना क्षयरोगी फेला परेका छन् । त्यहाँ थप ४० जनामा क्षयरोग रहेको आशंकामा रिफर गरिएको छ । जिल्लाको एउटै वडामा यति धेरै क्षयरोगी भेटिएको यो पहिलो पटक हो । मंगलवार र बुधवार दुई दिन त्यहाँका ८ सय ६३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरुमध्ये २७ जनामा क्षयरोगको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत डिल्लीराम तिवारीका अनुसार बुलिंटार गाउपालिका वडा नम्बर ४ बोझापोखरी , अर्खला र सिंचांग गाउँका स्थानीयको क्षयरोग परीक्षण गरिएको थियो । एक्सरे गर्दा उनीहरुमा यो रोग फेला परेको हो ।

क्षयरोगीलाई गाउँकै स्वास्थ्य केन्द्रमा नि:शुल्क औषधि खाने व्यवस्था मिलाइएको छ । शंकास्पद देखिएका ४० जनालाई थप परीक्षणका लागि जिल्ला अस्पताल डण्डा पठाइएको छ । उनीहरुको खकार परीक्षण गर्न पठाइएको छ । क्षयरोग फेला परेका व्यक्तिमा रोगका लक्षण देखिएको थियो । क्षयरोग देखिने अधिकांश मगर समुदायका बासिन्दा हुन् । त्यहाँ सबै मगर समुदायका परिवारको बसोवास रहेको छ । अशिक्षा, गरिवी र चेतनाको कमीका कारण एकै पटक यति धेरैमा यो रोग देखिएको हो । एकै पटक एउटै गाउँमा यति धेरै क्षयरोगी देखिएका कारण यस्ता लुकेका रोगको महामारी भन्ने निष्पर्ष स्वास्थ्य कार्यालय पुगेको छ । अब गाउँपालिकाभरि नै स्वास्थ्य शिविर संचालन गर्नुपर्ने अवस्था आएको उनले बताए ।

Related Post

Leave A Comment