लक्ष्मी मा.विमा विद्यार्थीलाई योग तथा बाल संस्कार प्रशिक्षण - Nepal Frontline
Latest
img

लक्ष्मी मा.विमा विद्यार्थीलाई योग तथा बाल संस्कार प्रशिक्षण

एलिना के.सी

गैंडाकोट – नवलपुरको गैंडाकोट नगरपालिका वडा नं १५ मा अमरापुरीमा रहेको लक्ष्मी माध्यमिक विद्यालयले अनुकरणीय कार्य गरेको छ । नेपाल सरकार अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले तयार पारेको स्वास्थ्य तथा शारिरक विषयको योगा पाठलाई सैद्धान्तिक खण्डबाट नभई प्रयोगात्मक रुपमा विद्यार्थीलाई अव्यस्त गराउने उद्धेश्यले विद्यार्थीलाई योग तथा बाल संस्कार सम्बन्धि प्रशिक्षण संचालन गरेको छ ।

सोमबार विद्यालयले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई र उनका अभिभावकलाई योग तथा बाल संस्कार प्रशिक्षणको शुभारम्भ गरेको हो । विद्यार्थीलाई पढाई मात्रै नभई स्वास्थ्य सम्बन्धि ज्ञान दिने मुख्य ध्ययका साथ वार्षिक कार्यक्रम अन्तर्गत ६ दिने योग शिविर आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक मणिकण्ठ कंडेलले बताउनुभयो ।  नवलपुर जिल्लामा सम्भवत पहिलो पटक सामुदायिक विद्यालयमा योग शिक्षाको पहिलो प्रयास लक्ष्मी मा।विले गरेको विद्यालयका सह–प्रधानाध्यापक तिलक बटलाले जानकारी दिनुभयो ।

उहाँले– अब विद्यार्थीलाई घोकाउने मात्रै नभई व्यवहारिक रुपमा अभ्यास गराउँदा विद्यार्थीको सिकाई उपलब्धीमा सुधार हुने बताउनुभएको थियो । योग प्रशिक्षणमा सहभागी विद्यार्थीले योग र ध्यानले मानिस अनुशासित हुनेसँगै स्वस्थ रहने र मानसिक विकार हटेर जाने भएकाले यस्ता तालिम विद्यालयले निरन्तर संचालन गर्नुपर्ने बताएका थिए । तालिमका सहभागीलाई योगगुरु हिरालाल कंडेलले प्रशिक्षण दिनुभएको थियो । योग गुरु कंडेलद्धारा संचालित शिविरमा योगासन, ध्यान मुद्रा, प्राणायाम आहार विहार चर्या र प्रयोगात्मक ज्ञान सहितको प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रजापति कंडेलको अध्यक्षतामा भएको थियो ।

Related Post

Leave A Comment