मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने - Nepal Frontline
Latest
img

मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने

गण्डकीगण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही जेठ २८ गते विश्वासको मत लिनुुहुने भएको छ ।

मुख्यमन्त्री पाण्डेले जेठ २८ गते दिउँसो ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि आज गण्डकी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराउनुुभएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो । विश्वासको मत लिने सम्बन्धमा प्रदेशसभा सचिवालयले सूचना जारी गरिसकेको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डे यही जेठ १६ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुुभएको थियो ।

Related Post

Leave A Comment