Latest
img

नारायणी नदीमा जलसतह बढ्दो

चितवन- पछिल्लो एक घण्टामा चार वटा जिल्लामा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पाल्पा, दाङ, अर्घाखाँची र स्याङ्जामा भारी वर्षा भइरहेको छ । यी चार जिल्लामा चेतावनी तहमा वर्षा भइरहेको विभागले जनाएको छ । देशका विभिन्न स्थानमा पनि अहिले वर्षा भइरहेको छ ।

वर्षाका कारण कोशी प्रदेशको अरुण नदीमा जलसतहले चेतावनी तह पार गरेको छ भने यता नारायणी नदीको जलसतह पनि बढ्दो छ । नारायणी पुलमा जलसतह ९.५ मिटर रहेको छ भने देवघाटमा ५.५५ मिटर रहेको छ । विभागका अनुसार नारायणी पुलमा चेतावनी तह ११ मिटर हो भने देवघाटमा ७.३ मिटरलाई चेतावनीको तह मानिएको छ ।

Related Post

Leave A Comment