Latest
img

पाल्पाको नायर स्वास्थ्य चौकीले सुत्केरीलाई भाले र घ्यू उपहार दिने

सुनिल कार्की 
पाल्पा । बगनासकाली गाउँपालिका–३ नायरनमतलेसले स्थानिय स्वास्थ्य संस्था छोडेर अन्य ठाउँको स्वास्थ्य संस्थामा जाने प्रवृत्ति बढेपछि त्यसलाई रोक्न सुत्केरी आमालाई कुखुराको भाले र घ्यु दिने भएको छ ।

घर नजिकैको स्वास्थ्य संस्था र दक्ष जनशक्ति छोडेर अन्य ठाउँमा जाने प्रवृत्ति बढेपछि वडा कार्यालेले नायरनमतलेस स्वास्थ्य चौकीमा सुत्केरी हुने गर्भवतीलाई स्थानिय कुखुराको भाले र घ्यु उपहार दिने कार्यक्रम ल्याएको हो ।

सुत्केरी पोषण कार्यक्रमअन्तर्गत यहाँ सुत्केरी हुने आमालाई कम्तीमा दुई किलोको भाले र एक केजी घ्यु उपहारस्वरुप पुरस्कार दिने योजना ल्याएको वडा अध्यक्ष टिक बहादुर थापाले बताउनुभयो ।

देशका जुनसुकै ठाउँका महिला भए पनि यो स्वास्थ्य चौकीमा आएर सुत्केरी हुनेलाई वडाले भाले र घ्यु दिने जनाएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने आर्यभञ्ज्याङ बजारबाट नजिकै नायरनमतलेस स्वास्थ्य चौकी रहेको छ ।

Related Post

Leave A Comment