Latest
img

बाढी र पहिरोबाट बच्न कस्ता कुरामा ध्यान दिनुपर्छ?

काठमाडाैं । नेपालमा गत साताको अन्त्यदेखि जारी देशव्यापी वर्षाका कारण बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपमा परेर कैयौँको ज्यान जानुका साथै सयौँ विस्थापित भएको विवरणहरू आएका छन्।

बाढी र पहिरोकै कारण कैयौँ चौपाया मर्नुका साथै घरगोठ र खेतियोग्य जमिन पनि नष्ट हुन पुगेको अधिकारीहरूले बताएका छन्।

विज्ञहरू चाहिँ पूर्वसावधानीका अपनाउन सकेमा यस्ता विपद्‍बाट जोगिन र क्षति कम गर्न सकिने बताउँछन्।

उनीहरूले त्यसका लागि जोखिमयुक्त ठाउँमा बसोबास गर्नेहरू वर्खायाम र अन्य बेलासमेत आसपासका गतिविधिमा चनाखो र सजग भइरहनु पर्ने सुझाव दिएका छन्।

त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा विपद् अध्ययन संस्थानका निर्देशक वसन्तराज अधिकारीले नेपालको जल तथा मौसम विज्ञान विभागले जारी गर्ने बुलेटिनले सजग हुनका लागि एउटा आधार दिने बताए।

त्रिभुवन विश्वविद्यालयकै अर्का भू-विपद् विज्ञ एवं भूगर्भशास्त्रका सहप्राध्यापक रञ्जनकुमार दाहाल पनि जोखिम हुन सक्ने सम्भावित ठाउँमा वर्षा याम अघिदेखि सम्भावित विपद् टार्ने केही तयारी गर्न सकिने र त्यसका केही सङ्केतहरू समेत हुने बताउँछन्।

Related Post

Leave A Comment