Latest
img

पूर्वी नवलपरासीका ८ जनामा डेंगी

पूर्वी नवलपरासी- गत एक महिनामा पूर्वी नवलपरासीका ८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत डिल्लीराम तिवारीका अनुसार असारको दोस्रो हप्तादेखि हालसम्म यहाँ ८ जनामा डेंगी संक्रमण भेटिएको हो ।
संक्रमितमध्ये ६ पुरुष र २ महिला छन् । भारतसँग सिमाना जोडिएको विनयी त्रिवेणी गाउँपालिकामा -६, बुलिङटारका १ र हुप्सेकोटका १ जनामा डेंगी देखिएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।भदौ र असोजमा डेंगी रोग बढी देखिने गर्छ । यो रोग पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।

Related Post

Leave A Comment