Latest
img

बाढीपहिरो र आगलागी पीडितले अस्थायी आवास बनाउन ५० हजार पाउने

काठमाडौं – सरकारले प्राकृतिक विपद्मा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

विपद् व्यवस्थापन कार्यकारी समितिको सोमबारको बैठकले बाढी, पहिरो र आगलागीमा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

यसअघि भूकम्पबाट घर गुमाएकाहरुलाई मात्र अस्थायी आवासका लागि राहत रकम दिने निर्णय सरकारले गरेको थियो । तर, सोमबारको कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीबाट घर गुमाएकाहरुलाई पनि अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने कार्यविधि स्वीकृत गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

 

Related Post

Leave A Comment