Latest
img

भासिएको सडक मर्मतपछि दाउन्ने सडकखण्ड पूर्ण रुपमा संचालनमा

पूर्वी नवलपरासी- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा भासिएको सडक मर्मत पछि दुईतर्फी संचालनमा आएको छ ।

सोमवार साँझदेखि जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा भासिएको सडक मर्मत गरी आज साँझदेखि दुईतर्फी नै यातायात सञ्चालन गरिएको हो ।

सडक भासिएको स्थानमा पहाड काटेर सडक चौडा गर्ने क्रममा एकतर्फी रहेको सडक आज साँझबाट दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरिक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

सडक एकतर्फी हुँदा घण्टौँसम्म जाममा परेका सवारी अहिले गन्तव्यतर्फ सहजै जान थालेका छन ।

बुटवल-नारायणगढ सडक विस्तारको क्रममा खनिएको खाडल र डाइभर्सनको कारण दाउन्ने खण्डको यात्रा अहिले निकै कष्टकर भएको छ ।।

Related Post

Leave A Comment