Latest
img

शौभाग्य बचत तथा ऋण सहकारी संस्था लि.को शेयर पूँजी १ करोड पुर्याउने लक्ष्य

कावासोती- शौभाग्य बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर पूँजी १ करोड पुर्याउने लक्ष्य लिएको छ । सस्थाको सम्पन्न १६ औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष तिलाराम भुसालले शेयर पूँजी ६६ लाख ९६ हजार ८ सय लाई ३३ लाख ३ हजार २ सय थाप गरी १ करोड पुर्याउने लक्ष्य लिएको बताउनुभयो ।

त्यस्तै बचत तर्फ ३ करोड ४८ लाख १० हजार ४ सय ६०  लाई आर्थिक वर्ष २०८१÷०८२ मा ४ करोड पुर्याउने लक्ष्य लिएको बताउनुभयो । संस्थाले यस वर्षदेखि एसएमस बैकिंङ्ग सेवा, त्तच् कोड संचालन साथै आफ्नै चेक संचालन गरी सेवाग्राहीको मागलाई सम्बोधन गर्ने नीति लिएको छ । शिवमन्दिर खानेपानीको सभाहलमा भएको सभामा जिल्ला सहकारी संघ लि. का प्रमुख तिलक पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी जिल्ला सहकारी संघ लि. का प्रमुख पराजुलीले हुदा खानेहरुलाई सहकारीमा आवद्ध बनाउने र उनीहरुको जीवन स्तर उकास्नमा सहयोग पुर्याउनुपर्ने बताउनुभयो ।  अहिले सहकारी प्रति मानिसहरुको वितृष्ण बढेको हुदा संस्थाको कारोबारलाई पारदर्शी रुपमा अगाडि बढाउने र यो समयमा धेरै महत्वकाक्षीं योजना भन्दा पनि संस्थालाई जोगाउनु पर्ने बताउनुभयो । सस्थाको ६० प्रतिशत सदस्यलाई वित्तिय साक्षरता तालिम दिन आवश्यक रहेको भन्दै सदस्यहरुको क्षमता विकासमा पनि संस्थाले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै कार्यक्रममा कावासोती नगरपालिकां वडा नम्बर १ का वडा अध्यक्ष तवारक अहमद मियांले सहकारीहरुले लगानी बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो । लगानी गर्दा फिर्ता नहुने डरक्रास नमानी आवश्यक प्रक्रिया पुरा गरी ढुक्कका साथ ऋण प्रवाह गर्न आग्रह गर्दै अध्यक्ष मियाले “वडा कार्यालयले युवाहरुलाई कृषिमा आकर्षित गर्ने योजनाहरुलाई अगाडि बढाएको बताउनुभयो । ”

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सहकारीको नीति अनुरुप ऋण लगानी र बचतलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए । युवाहरुलाई सहकारी र कृषिमा सहभागि बनाउन आवश्यक रहेको भन्दै यसको लागि युवा स्वरोजगार लक्षित योजना ल्याउन आवश्यक रहेको औल्याएका थिए । कार्यक्रममा सस्थाका पूर्व उपाध्य क्षउपाध्यक्ष ज्ञान प्रसाद डुम्रे,विष्णुनगर कृषि सहकारी सस्थाका अध्यक्ष खुमकान्त गौडेल लगाएत विभिन्न संघसस्थाका प्रमुख एवं प्रतिनिधी र शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । सस्थाका अध्यक्ष तिलाराम भुसालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मण श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सुदिप विश्वकर्माले गर्नुभएको थियो ।

Related Post

Leave A Comment