Latest
img

अग्यौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गण्डकी प्रदेशकै उत्कृष्ट घोषित

पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको अग्यौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गण्डकी प्रदेशकै उत्कृष्ट घोषित भएको छ । कावासोती नगरपालिका १६ डण्डामा रहेको सस्थालाई खानपानी तथा ढल व्यवस्थापन विभागले आफ्नो ५३ औं स्थापना दिवसका अवसरमा सम्मानित गरेको हो ।

३ हजार उपभोक्ता रहेको सस्थांमा न्यूनतम युनिट(५ सम्म) पूर्णरुपमा निशुल्क वितरण गरेको, २४ सै घण्टा डबल फिल्टर गरिएको पानी वितरण गरेको, पाँच युनिटभन्दा कम पानी उपभोग गर्ने ६ सय घरधुरीका उपभोक्तालाई न्यूनतम महसुल निशुल्क गरेको, धारा जडान गर्न नसक्नेहरुका लागि समूह बनाएर निशुल्क मिटर जडान गरिदिने गरेको कार्यवाहक अध्यक्ष श्रीपाईलीले जानकारी दिनुभयो ।

त्यस्तै जुनसुकै उपभोक्ताको मृत्यु भए पनि २५ हजार नगद र श्रद्धान्जली पत्र हस्तान्तरण गर्ने, महिलाको नाममा धारा जडान गर्न आउने उपभोक्तालाई १५ प्रतिशत छुट गरिएको संस्थाले जनाएको छ । संस्थाले कावासोती नगरपालिका वडा नम्बर १४,१५,१६ र १७ मा पानी वितरण गर्दै आएको छ ।

 

Related Post

Leave A Comment