मंग्सिर ७, २०८१ शुक्रबार
पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको देवचुलीमा नगरपालिकामा प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगिता शुरु भएको छ । शान्ति दिप युवा क्लवको आयोजना र देवचुली नगरपालिकाको संरक्षकमा देवचुली रङ्गशालामा प्रतियोगिता शुरु भएको हो ।
गोल्डकपको उद्घाटन खेलमा वातासिनो योङ्ग स्टार कावासोती विजयी भएको छ । युनाईटेड युवा क्लव गिरुवारी लाई ५—० गोल अन्तरले पराजित गर्दै वातासिनो योङ्ग स्टार विजयी भएको शान्ति दिप युवा क्लवका सचिव दिपक न्यौपानेले बताउनुभयो । वातासिनो योङ्ग स्टारका तर्फबाट सजिन थापा मगरले ३ गोल र शान्त गुरुङ्गले २ गोल गरेका थिए । आजको खेलमा म्यान अफ द म्याच सजिन थापा मगर भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले विकासका लागि शिक्षा संगै खेलकुद अपरिहार्य भएको बताउनुभयो । खेलको क्षेत्रको विकास विना समृद्धि संभव नभएको पनि उहाले धारणा राख्नुभयो ।
मंसिर २२ गतेसम्म हुने प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ । २ लाख ७५ हजार राशिको प्रथम पुरस्कार र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने शान्ति दिप युवा क्लबका अध्यक्ष अमर बहादुर घर्ती मगरले बताउनुभयो । त्यस्तै भोली आयोजक सस्था शान्ती दिप युवा क्लब र साविक पिठौली विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
Leave A Comment