Latest
img

मध्यविन्दुमा नसर्ने रोगको मास स्क्रिनिङ शिविर

प्रकाश रेग्मी

चोरमारा – मध्यविन्दु १२ मा ४० वर्ष भन्दा माथिका नागरिकहरूको नसर्ने रोगको निशुल्क मास स्क्रिनिङ शिविर भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश , पोखराको आयोजना र मध्यविन्दु नगरपालिकाको सहयोगमामा शिविर भएको हो ।
कार्यक्रम मध्यविन्दु नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष कान्ता कुमालको अध्यक्षता र नगर प्रमुख भिमलाल अधिकारीको प्रमुखआतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बोल्दै अधिकारीले ज्येष्ठ नागरिकमा नसर्ने रोग लाग्ने र समयमै परीक्षण गरी थप उपचार गर्न सहज होस् भनेर यस कार्यक्रम सुरु गरेको जानकारी दिनु भयो । रोगले थलिएपछि बल्ल उपचारका लागि जाने धारणा समाजमा रहेको अवस्थामा यो अभियानले बेलैमा रोगको पहिचान र निदान हुने अधिकारीले विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य कर जीवन बनाउन शैक्षिक पाठ्यक्रममामा समेत समेटेर लाग्नु पर्ने बताउर्दै नगरपालिकाले जोड्ने प्रयास गरिरहेको बताउनुभयो । नगर अस्पताललाई थप व्यवस्थीत गरेर छिट्टै नयाँ भवन बाट सेवा दिने गरी नगर अस्पतालको भवन निर्माण भइरहेको उहाँले भन्नुभयो ।

मध्यविन्दु १२ लाई छनोट गरी कार्यक्रमको आयोजना गरिएको महानिर्देशक स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका खिम बहादुर खड्काले बताउनुभयो । अहिले नागरिकहरू बिरामी हुने अवस्था धेरै आएको छ । उनीहरूलाई उपचारको लागी रकम खर्च दिनु भन्दा रोग हुन नदिन तर्फ प्रदेश लागी परेको छ खड्काले भन्नुभयो । यो पालिकाको लागी एक नमुना रहेको छ आगामि दिनमा पालिकाले आफैले यस्ता कार्यक्रम गर्नेमा पनि आशाबादी रहेको उहाँले भन्नुभयो ।

पुस २ र ३ गते सञ्चालन हुने कार्यक्रममा पहिलो दिन रगत ,पिसावको नमुना सङ्कलन गरिएको छ भने भोली ३ गते निःशुल्क परामर्श गरिने मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर भुसालले बताउनभयो । आज पहिलो दिन ६३० जनाको रगत पिसाब सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, पूर्व सासंद चन्द्रमणि खनाल , शिक्षा युवा तथा खेलकुद महाशाखाका उप सचिव पदमराज अर्चाय , स्वास्थ्य शाखाका माधव पोख्रेल , नगर अस्पतालका प्रमुख अमेश चन्द्र शाह , जन प्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । मध्यविन्दु १२ को स्वास्थ्य केन्द्रमा भएको थियो ।

Related Post

Leave A Comment