Latest
img

नेपाली कांग्रेसको तर्फबाट थारु समुदायको प्रदेशमा प्रतिनिधित्व हुनुपर्ने आम थारुहरुको माग

नवलपरासी ( बर्दघाट सुस्तापूर्व) । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नवलपुर नेपाली काँग्रेसका तर्फबाट थारुहरुको प्रतिनिधित्व हुनेपर्ने माग गरेका छन । शनिबार नवलपुरको डण्डामा पत्रकार सम्मेलन गर्दै आम थारु नेपाली कांग्रेस पार्टी भेला आयोजक समितिले ५ बुँदे प्रेस विज्ञप्ती जारी गदै आसन्न निर्वाचनमा थारु समुदायबाट प्रदेशमा प्रतिनिधित्व हुनुपर्ने माग गरेको हो । जिल्लामा नेपाली काँग्रेस पार्टीलाई समृद्ध र सशक्त बनाउनका लागि थारुहरुको उम्मेदवारी आवश्यकता रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । आम थाश्र नेपाली कांग्रेस पार्टी भेला आयोजक समितिका संयोजक कमल राज गुरौले विज्ञप्तीमा उल्लेख विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।

गण्डकी प्रदेशमा नवलपरासी(ब.सु.पू.)जिल्लामा मात्र थार समुदायको बसोवास रहेकाले प्रदेश सभामा थारुको प्रतिनिधित्व पार्टीले गराउनुपर्ने,चार जात छत्तिस वर्णको साझा फुलबारी भन्ने युक्ति र सयौं थुंगा फुलका हामी नेपाली भन्ने भावना र मर्मलाई सार्थक बनाउनका लागि सबै जातिहरुको प्रतिनिधित्व हुदै गर्दा नवलपुरबाट कम्तिमा एक जना थारु उम्मेदवार हुनुपर्ने , नेपाली कांग्रेस पार्टीलाई विजयी बनाउन र पार्टीको संगठनलाई मजबुत तथा सुदृढ बनाउन नवलपुरमा धेरै सख्यामा भएको थारु समुदायको प्रतिनिधित्व प्रदेश सभामा अनिवार्य गराईनुपर्ने, थारुहरुको भाषा संस्कृत िगण्डकी प्रदेशको गहनाको रुपमा पहिचान स्थापित गराई पर्यटनलाई टेवा पुर्याउनका लागि थारु समुदायबाट उम्मेदवारी अपरिहार्य रहेको विज्ञप्तीमा उल्लेख रहेको छ । त्यस्तै प्रजातन्त्र र लोकतन्त्रमा आस्था राख्ने आम थारु नेपाली कांग्रेसको भावनालाई कदर गराउनको लागि पनि उम्मेदवारी आवश्यक रहेको भन्दै प्रदेशमा प्रतिनिधित्व नगराएमा थारु समुदायले गम्भिर कदम चाल्ने सक्ने समेत जनाईएको छ ।

 

Related Post

Leave A Comment