Latest
img

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाण्डौ – निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी तालिका अनुसार आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने जनाएको छ । आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवार विरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले व्यवस्था मिलाएको छ । आयोगका अनुसार आज र भोलि मनोनयनपत्र र उजुरी माथि जाचँबुझ गरेर निर्णय हुनेछ । त्यस्तै असोज २६ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाश गर्ने र सोही दिन उम्मेदवारहरुलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

Related Post

Leave A Comment