Latest
img

तिहारको लागि माटोका पाला बनाउन भ्याईनभ्याइ

नवलपरासी(बर्दघाट सुस्ता पूर्व) पूर्वी नवलपरासीको कावासोती ३ का ६० वर्षिय लक्ष्मण प्रजापतिले तिहारका लागि ३० हजार पाला विक्रि गरिसक्नुभएको छ । नेपालीहरुको दोस्रो महान पर्व तिहार नजिकिए संर्गै माटोको पाला बनाउन उहांलाई भ्याईनभ्याई भएको छ । तिहारमा वत्ति बाल्नको लागि पालाको प्रयोग गरिने हुदा बजारको माग अनुसारका पालाहरु तयार गर्नमा उहाँ व्यस्त हुनुहुन्छ । प्रजापति भन्नुहुन्छ“तिहारको लागि आवश्यक पालाको माग पुरा गर्न तिन महिना अगाडि देखि नै पाला बनाउन शुरु गर्नुपर्छ, तिहार सम्ममा ५० हजार पाला विक्री गर्ने लक्ष्य लिएको छु ।”

आफ्ना बावु बाजेले माटोका भाडा बनाएको देखेर पनि सानै उमेर देखि पाला बनाउन थालेको उहाको भनाई छ । पुर्खाको पेशालाई धान्दै प्रजापतिले विगत २५ वर्ष देखि व्यवसायिक रुपमा नै माटोका सामानहरु बनाउदै आउनुभएको छ । सिजन अनुसार माटोका सामानहरु बनाउदै आउनुभएको प्रजापति भन्नुहुन्छ“ जिल्लामा करिब ४ लाख माटोका पालाहरुको माग रहेको छ, तर बजार माग पुरा गर्न नसक्दा विरगञ्जबाट समेत आयात गर्नुपर्ने बाध्यता रहेको छ ।”

उहाका अनुसार जिल्लामा माटोका सामाग्री बनाउनेहरु ३ जना मात्रै हुनुहुन्छ । पाला, गमला लगातएका माटोबाट बन्ने विभिन्न सामानहरु बनाउन आवश्यक माटो सहज उपलब्ध हुन नसक्नु नै माटोका सामाग्री बनाउनेहरुको प्रमुख समस्या भएको उहा बताउनुहुन्छ । बावु,बाजे बाट सिकेको पुख्यौली पेशालाई व्यवसायिक रुपमा अगाडि बढाएको स्मरण गर्दै उहाले भन्नुभयो “अहिले युवाहरुले माटोलाई आकार दिन होस वा माटोलाई छुन मन पराउदैनन् खाली समय विताउछन तर कामलाई सम्मान गदैनन् अब म पछि यहि पेशालाई निरन्तरता दिने कोहि छैन ।” यहां तयार भएका पाला सहित माटोका अन्य सामाग्री नारायणगढ, कावासोती देखि दुम्किवास सम्म होलसेल र खुद्रामा विक्री हुने गर्दछ ।

Related Post

Leave A Comment