Latest
img

सुकुम्बासीलाई लालपुर्जा सहित रोजगारीको प्रवन्ध मिलाउनेछु ः डा शशांक कोइराला

नवलपरासी ( बर्दघाट सुस्तापूर्व) । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा शशांक कोइरालाले सुकुम्वासीहरुलाई लालपुर्जा सहित रोजगारीको व्यवस्था मिलाउने बताउनुभएको छ । कावासोती नगरपालिका वडा नम्बर ६ र १ को चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार डा कोइरालाले चुनाव पछि सुकुम्बासी समस्या समाधान हुने बताउनुभयो ।
डा.कोइरालाले भन्नुभयो “सुकुम्मबासी समस्या समाधान लालपुर्जाले मात्रै संभव छैन यसको लागि रोजगारीको पनि उत्तिकै आवश्यकता पर्छ । यस विषयमा प्रधानमन्त्रीलाई पटक पटक ध्यानाकर्षण गराएको छु, अब नवलपुरमा कोहि पनि सुकुम्बासी हुदैन, लालपुर्जा सहित आवश्यक रोजगारीको प्रवन्ध मिलाउने गरी कार्यहरु अगाडि बढाउनेछु ।”

स्थानीयले नगरस्तरीय रंगशाला बनाउने मागलाई सम्बोधन गर्दै नवलपुरमा अन्तराष्ट्रिय खेलग्राम बनाउने योजना रहेको हुदा पहिला महत्वपूर्ण ठुला योजनाहरुलाई पुरा गर्दै नगरस्तरीय रंगशाला बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गनुभयो । केरुङ्गे खोलाले आफ्नो धार परिवर्तन गरेर वस्तीलाई असर गर्न लागेको भन्दै यसको समस्या समाधानको लागि दिर्घकालिन योजना बनाएर अगाडि बढ्ने बताउनुभयो । कृषि उपजहरुको उत्पादनलाई वृद्धि गर्न र बजारीकरणको लागि विशेष योजना बनाएको भन्दै विगतका आफ्ना अधुरा योजनाहरुलाई अब निर्वाचन पछि पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मंसिर ४ अबको ५ वर्षका लागि भाग्यरेखा कोर्ने दिन भएको भन्दै डा.कोइरालाले भन्नुभयो“मेरो वुवाआमा, छोराछोरी सबै तपाईहरु नै हो, हजुरहरुको मुखारमा खुसी ल्याउन फेरि हजुरहरु माझ आएको छु, तपाईहरु सबैको मुहारमा खुसी ल्याउन र यहाको समस्या समाधान गर्न म कुनै कसर बाकिं राख्ने छैन ।”

Related Post

Leave A Comment