Latest
img

देशभरका १५ केन्द्रमा मतदान स्थगित

निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना गर्दा प्रत्यक्ष र समानुपातिकर्फको मत एकैपटक चार स्थानमा गणना गर्न निर्देशन दिएको छ।

मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्काे मतपेटिकामा खसेको भन्ने गुनासो आएपछि मतगणनाका लागि उक्त निर्देशन दिएको हो।

यसरी गणना गर्दा आठ दिनभित्र परिणामबाहिर ल्याउने आयोगको योजना छ।

आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको र मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौं उपत्यका लगायतका क्षेत्रमा आज रातिदेखि नै मतगणना सुरू गर्ने बताए। दुर्गम स्थानमा मतपेटिका सुरक्षित साथ संकलनका लागि हेलिकप्टरसमेत प्रयोग गरिने आयोगले जनाएको छ। संकलन भएपछि तत्काल मतगणना सुरू गर्न आयोगले निर्देशन दिएको छ।

आजको मतदानमा १५ मतदानस्थलमा मतदान स्थगन भएको छ।रासस

Related Post

Leave A Comment