Latest
img

पूर्वी नवलपरासी १ (ख) मा एमालेका रोशन बहादुर गाहा विजयी

नवलपरासी ( बर्दघाट सुस्तापूर्व) ।नवलपरासी पूर्व क्षेत्र नम्बर १(खं) वाट प्रदेश सभा सदस्यमा एमालेका रोशन बहादुर गाहमगर बिजयी हुनु भएको छ । क्षेत्र नम्वर १ ९ख०मा उहाले गठबन्धन तर्फवाट माओवादी केन्द्रका लोकप्रसाद भुर्तेललाई भारी मतान्तरले पराजित गर्नु भएको हो ।
निर्वाचन कार्यालय कावासोतीका अनुसार गाहले १७ हजार ८ सय २३ मत पाउनु भएको छ भने भुर्तेलले १४ हजार १ सय १६ मतमा चित्त बुझाउनु परेको छ ।
गाह लगातार दोश्रो पटक एउटै क्षेत्रवाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो । उहा त्यसअघि संघिय सांसद र दुई पटक तत्कालिन गाउ विकास समितिका अध्यक्ष भएर काम गरेको अनुभव समेत रहेको छ ।
नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रदेश सभातर्फका ४ सिटमा एमाले ३ सिट र नेपाली कांग्रेस १ सिटमा बिजयी भएको छ । यहाका दुबै क्षेत्रमा प्रतिनिधि सभा र समानुपातिक तर्फको मतगणना जारी छ ।

Related Post

Leave A Comment