Latest
img

पूर्वी नवलपरासी १ (क) मा कांग्रेसका महेन्द्रध्वज जिसी विजयी

नवलपरासी ( बर्दघाट सुस्तापूर्व) । नवलपरासी बर्दघाट सुस्ता पूर्वको क्षेत्र नं. १ प्रदेश सभा (क ) मा नेपाली कांग्रेसबाट गठबन्धनका उम्मेदवार महेन्द्रध्वज जिसी  निर्वाचित हुनु भएको छ । उहाले नेकपा एमालेका उम्मेदवार रविन्द्र प्रसाद अधिकारीलाई १ हजार २३० मतान्तरले पराजित गदै निर्वाचित हुनु भएको हो ।  जिसीले  १५ हजार १३७ मत प्राप्त गर्नु भएकको थियो भने उहाका निकटतम प्रतिद्वन्द्वी अधिकारीले १३ हजार ९०७ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी नवलपरासी पूर्व क्षेत्र नम्बर २ का दुवै प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् । क्षेत्र नम्बर २ (१) र २ मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी हुनु भएको छ  ।
प्रदेश १ मा पद्मा जिसी श्रेष्ठले १९ हजार ३ सय ७८ ल्याएर विजयी हुनु भएको छ भने उहाका प्रतिस्पर्धी माओवादी केन्द्रका सौगम कुमार सिरपालीले १४ हजार ७ सय ४३ मत ल्याउनु भएको छ । यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा कांग्रेस विजयी भएको थियो । त्यसैगरी प्रदेश २ मा एमालेका लक्ष्मण पाण्डे भारी मतान्तरले विजयी हुनु भएको छ । उहाले १८ हजार ८ सय ६ मत पाउनु भएको छ भने उहाका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपाल खनालले १४ हजार ७ सय ६१ मत पाउनु भएको छ ।

Related Post

Leave A Comment