मंग्सिर ८, २०७९ बिहिबार
पूर्वी नवलपरासी क्षेत्र नम्बर २ का दुवै प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् । निर्वाचन अधिकृत कमलराज पन्थीले दिएको जानकारी अनुसार क्षेत्र नम्बर २ (१) र २ मा क्रमश: एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन् । प्रदेश १ मा पद्मा जिसी श्रेष्ठले १९ हजार ३ सय ७८ ल्याएर विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सौगम कुमार सिरपालीले १४ हजार ७ सय ४३ मत ल्याए ।यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा कांग्रेस विजयी भएको थियो । त्यसैगरी प्रदेश २ मा एमालेका लक्ष्मण पाण्डे भारी मतान्तरले विजयी भएका छन् । उनले १८ हजार ८ सय ६ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपाल खनालले १४ हजार ७ सय ६१ मत पाएका छन् ।
Leave A Comment