Latest
img

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा समानुपातिकतर्फ एमाले पहिलो

नवलपरासी(बर्दघाट सुस्ता पूर्व)मा सम्पन्न मतगणना अनुसार समानुपातिकतर्फ नेकपा एमालेले सर्वाधिक मत प्राप्त गरेको छ । जिल्लाको निर्वाचन क्षेत्र १ र २ को समानुपातिक तर्फको मतगणना सकिदा नेकपा एमालेले ५१ हजार २४४ मत प्राप्त गरेको छ । त्यसैगरी दोस्रो दल वनेको नेपाली कांग्रेसले ४९ हजार ६६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पहिलो पटक निर्वाचन लडेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३८ हजार ६६० मत प्राप्त गरि तेस्रो वनेको छ ।  यस्तै राप्रपाले ९ हजार १२७ मत ल्याएको छ । नेकपा माओवादी केन्द्रले ७ हजार १२४ मत र नेकपा एकीकृत समाजवादीले १ हजार ३७८ मत ल्याएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कुल जनसंख्या ६ लाख ३१ हजार ९२२ रहेको छ । जहाँ २ लाख ६० हजार ४६१ मतदाता रहेका छन् । तीमध्ये १ लाख २४ हजार ३३६ जना पुरुष छन् भने १ लाख ३६ हजार १२१ जना महिला छन् । यस जिल्लामा २ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेका छन् । दुई वटै क्षेत्रमाा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् भने प्रदेश सभा निर्वाचनमा तीन क्षेत्रमा एमाले र एक निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

Related Post

Leave A Comment