Latest
img

लायन्स क्लब अफ पाल्पाद्वारा विद्यार्थीलाई न्यायो कपडा वितरण

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं १ ख्याहाको कालिका आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । चिसो मौसममा विद्यार्थीलाई विद्यालयसम्म आउन कठिनाई हुन थालेपछि न्यानो कपडा वितरण गरिएको लायन्स क्लब अफ पाल्पा भैरबका अध्यक्ष सचिन विष्टले जानकारी दिनुभयो । अधिकाश कुमाल समुदायका विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा एकसरो कपडा लगाएर विद्यालय आउन विद्यार्थी बाध्य बनेका थिए । जिल्लाको सामाजिक क्रियाकलापमा संक्रिय लायन्स क्लब अफ पाल्पा भैरबले विद्यार्थीलाई चिसोबाट जोगाई उनिहरुको पढाई र स्वास्थ्यमा सहजता ल्याउन टेवा पुग्ने क्लब अध्यक्ष विष्टले बताउनुभयो । बाल कक्षा देखि कक्षा ८ सम्म अध्ययन गर्ने १ सय जना विद्यार्थीलाई ट्रयाक वितरण गरिएको कार्यक्रमका संयोजक सुमन पाण्डेले जानकारी दिनुभयो ।

 

न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिका वडा नं १ का वडा सदस्य एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर कुमालले अल्पसंख्यक कुमाल समुदायका विपन्न विद्यार्थीलाई चिसो मौसममा न्यानो कपडा वितरणले उनिहरुको पढाईमा टेवा पुग्ने बताउनुभयो । यस्तै यसै वडाका वडा सदस्य भिम बहादुर कुमालले विपन्नताले जाडो छल्न एकसरो कपडा लगाउन बाध्य विद्यार्थीलाई न्यानो कपडाले राहात मिल्ने बताउनुभयो । विद्यालयका प्रधानध्यापक सुरेश बहादुर कुमालले विद्यार्थीलाई कपडाको अभावमा विद्यालय आउजाउ गर्न कठिनाई भईराखेको बखत न्यानो कपडा वितरणले ठुलो सहयोग मिल्नुको साथै पढाई र स्वास्थ्य दुवैमा टेवा पुग्ने अपेक्षा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ पाल्पाका पूर्व अध्यक्ष हरिकृष्ण शर्मा,प्रथम उपाध्यक्ष दिपक घिमिरे,विद्यालयका प्रधानध्यापक सुरेश बहादुर कुमाल,पूर्व वडा सदस्य हुमा कुमाल,नेपाल टेलिभिजनका पाल्पा प्रतिनिधि सुनिल कार्की,लायन्स क्लब अफ पाल्पाका अन्य पदाधीकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम क्लबका तृतिय उपाध्यक्ष अर्जुन कार्कीको सञ्चालन,कार्यक्रम संयोजक सुमन पाण्डेको स्वागत मन्तव्य र क्लबका अध्यक्ष सचिन विष्टको अध्यक्षतामा भएको थियो । कार्यक्रमकै अवसरमा क्लबका अध्यक्ष सचिन विष्टले विद्यालयमा ५ हजार एक सय रकमको अक्षयकोष स्थापना गरिदिनुभएको छ ।

Related Post

Leave A Comment