Latest
img

मकै पोलेर गुजारा

सडक छेउमा छाप्रो भित्र आगोको राप, यात्रुहरु आउने प्रतिक्षा संगै आगोमा मकै पोल्दैछन । गैडाकोट ७ बस्ने पिङकी दराई बिगत ५ वर्षदेखि यसैगरी मकै पोलेर जिवीका चलाउदै आउनुभएको छ । यहि व्यापारबाट परिवार चलेको छ । छोटो तथा लामो दुरीमा यात्रा गर्ने यात्रुहरुलाई कुर्दै, मकै पोल्दै गर्ने यहि कर्मबाट पिङ्कीले आफ्नो लागि खर्च आफै व्यवस्थापन गर्दै आउनुभएको छ । पहिले श्रीमानसगं खर्च माग्नुपर्ने अवस्था माग्नुपरेका दिनहरु सम्झदै पिङ्कीले भन्नुभयो “छोराछोरीको खर्चका लागि अहिले माग्नुपर्ने अवस्था छैन, दैनिक एक हजार देखि तिन हजारसम्म खर्च कटाएर जम्मा गर्ने गरेको छु ”

पूर्वी नवलपरासीको गैँडाकोटको व्यस्त सडक थुम्सि नजिकै करिब २५ परिवार मकै पोलेर आफनो जिविका गुजारा गदैँ आएका छन् । गैडाकोट मकै पकेट क्षेत्रको रुपमा परिचित भएको हुदा हरियो मकै खरिद गर्न र पोलेर विक्रि गर्न सहज भएपछि स्थानीयहरु यसप्रति आकर्षित भएका हुन ।

पूर्वपश्चिम राजमार्ग स्थती गैँडाकोट थुम्सिको व्यस्त सडक नजिकै त्रिपालले टाँगेर बनाएका टहराहरु छन् । जहाँ करिब २५ परिवार मकै बेचेर आफनो गुजारा टार्छन् । गैडाकोट नगरपालिका मकै पकेट क्षेत्रको रुपमा परिचित छ । यहां पोलेको मकै वेच्ने सबैजनाले नगर भित्रका विभिन्न स्थानबाट हरियो मकै खरिद गर्ने गर्दछन । खाली समयको सदुपयोग गर्दै शुरु गरेको व्यापार बाट आम्दानी राम्रो हुन थालेपछि २७ वर्षिय जुना परियार खुसी हुनुहुन्छ । सडक छेउमा मैले पोलेर अन्यले राम्रो आम्दानी गरेको र हरियो मकै नगर भित्र नै खरिद गर्न पाएपछि जुनाले मकै पोल्ने पेशा शुरु गर्नुभएको हो । गैँडाकोट नगरपालिका ६,७ र ९ नम्बर वडालाई मकैको पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ । बाह्रैमासे मकै राम्रो उत्पादन हुनेभएकाले पनि यहाँका स्थानीय मकै व्यापारमा आकर्षीत भएका छन् ।

Related Post

Leave A Comment