Latest
img

हुप्सेकोट गाउँपालिकामा बिहिवार सार्वजनिक सुनुवाई हुदै

मध्यविन्दु- हुप्सेकोट गाउँपालिकामा बिहिवार सार्वजनिक सुनुवाई हुने भएको छ । हुप्सेकोट गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई बिहिवार आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ नवलपुरको समन्वयमा आयोजना गरिएको कार्यक्रम विहिवार विहान ११ वजे देखि गाउँपालिका प्राङगढ झ्यालबासमा सञ्चालन गरिने भएको हो । गाउँपालिकाले सर्वजनिक सुचना जारी गरि सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिताका लागि सम्पुर्ण सरोकारवाला एवं हुप्सेकोट गाउँपालिका वासी जनसमुदायमा अनुरोध समेत गरेको छ ।


हुप्सेकोट गाउँपालिकाले अहिले सम्म सञ्चालन गरेका गतिविधिको बारेमा जानकारी लिन र आवश्यक सल्लाहा सुझाव दिनका लागि सार्वजनिक सुनुवााईमा उपस्थीत भई आफ्नो जिज्ञासा राख्न गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले अनुरोध अनुरोध गर्नुभएको छ ।

Related Post

Leave A Comment