Latest
img

नवलपुरमा ४३ प्रजातिका चरा भेटियो

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)- नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा यस वर्ष ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डीबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो । “गत वर्षको पक्षी गणनामा ३८ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका पक्षी भेटियो”, उहाँले भन्नुभयो ।

चरा गणनाका क्रममा गत वर्ष नदेखिएको राज सुड सुडीया, जुरे हुटिट्याउ, बेल्चा ठुडे हाँस, काली जुरे हाँस र लाल खुट्टे चिम्टीमा गरी ५ प्रजातीका पक्षी यस वर्ष भेटिएको चौधरीले बताउनुभयो । त्यस्तै गत वर्ष देखिएका छोटा खुट्टे बकुल्ला, लाल ठुडे चखेवा, बाके बकुल्ला र कालो टाउके गंगा चिल गरी चरा यस वर्ष भने देखा परेनन । संयोजक चौधरीले भन्नुभयो “गत वर्ष देखा परेका ४ प्रजातीका चरालाई यस वर्ष देखिएन, आगन्तुक चराका लागि मौसम प्रतिकुल भएको वासस्थान उपयुक्त नहुदा नदेखिएको हुनसक्छ ।” त्यस्तै यसवर्ष आगन्तुक चरा जलेवा ७ सय ७० र रैथाने चरा पानी गौथली ७२ वटा देखा परेको छ ।


नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातीका चराहरु पाइने गरेका छन् । ति मध्य नारायणी नदी क्षेत्रमा यस वर्ष ४३ प्रजाती फेला परेको जनाइएको छ । गत वर्षको तुलनामा यस वर्ष चराको समग्र सङ्ख्या घटेको प्रारम्भीक अनुमान गरिएको छ ।
यो वर्ष पनि समग्रमा चराको संख्या घटेको पायौ । चौधरीले भन्नु भयो “प्रत्येक वर्ष नेपालमा क्रमिक रुपमा चराको संख्या घटिरहेको छ । ”


विगतका वर्षमा पिठौली क्षेत्रमा मात्र देखिने खोया हाँस यस वर्ष सिख्रौली देखि अमलटारी, सेयरी सम्म देखा परेको छ । पिठौली क्षेत्रको नारायणीमा नदिमा पानीको सतह घट्नुले चरा वासस्थानमा समस्या देखिएको छ । संयोजक चौधरीले भन्नुभयो “उपयुक्त बासस्थानको खोज्दै अयन्त्र छरिएको खोया हाँस यस वर्ष ९ सय ७७ देखा परेको छ । गत वर्ष १२ सय १० भेटिएको थियो । ”
कुनै प्रजातिका चरा गत वर्ष भन्दा बढी र कुनै प्रजातिका चरा गत वर्षको तुलनामा न्यून देखिएको छ । चौधरीले भन्नुभयो “निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको सङ्ख्यामा धेरै नै कमी आएको छ । ”

नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार वटा समूह बनाएर चरा गणना गरिएको थियो ।
सिघ्रौली देखी अमलटारी,सिघ्रौली देखी पिठौली ,पिठौली देखी अमलटारी र अमलटारी देखी त्रिवेणी गण्डक व्यारेज सम्म गरि चार समुहमा चरा गणना गरिएको हो । चरा गणकहरुको समुहले जलपक्षीहरुलाई नाङगो आखां, चराको आवाज, टेलिस्कोप र दुरविनको सहायताले गणना गरेका छन । चरा गणक, संरक्षणकर्मी र सरोकारवाला सहित ४२ जनाको सहभागितामा चरा गणना गरिएको हो । जलपक्षीको वासस्थानमा नदिजन्य पर्दाथको उत्खखन र नदिआसपासमा बन्ने उद्योग र फ्याक्टी सहित प्रदुषित नदिले चराको वासस्थान संकटमा पर्ने अवस्था सिर्जना भएको गणनामा सहभागि संरक्षणकर्मी विष्णु अधिकारीले बताउनुभयो ।
हिमालय नेचर, टाइगर टप्स र जटायु रेष्टुरेन्टको आयोजना र थारु कम्युनिटी लज, टेम्पल टाइगर, ग्रिन जंगल रिसोट, मचान कन्ट्रि भिल्ला, ननपुर थारु रिसोट, थारु ब्राइट लज, हेभन ग्रीन जंगल रिसोट, होटल एसोशिसन अमलटारीको सहकार्यमा गणना सम्पन्न भएको हो ।

 

 

Related Post

Leave A Comment