Latest
img

नवलपुरमा दोश्रो विश्वशान्ति त्रिपिटक (कङ्ग्यूर) महापूजा हुने

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा दोश्रो त्रिपिटक (कङ्ग्यूर) महापूजा हुने भएको छ । जिल्लाको कावासोती नगरपालिका ३ मा रहेको बरचुली बौद्ध गुम्बाको आयोजनामा दोश्रो कङ्ग्यूर महापूजा हुने भएको हो । महापूजा यही माघ १६ देखि २२ गतेसम्म हुने बरचुली बौद्ध गुम्बा समितिका अध्यक्ष मान वहादुर गुरुङले बताउनु भयो ।

“विश्वका सम्पूर्ण मानव कलयाण र प्राणी जगतको उद्धारको निम्ती पूजा पाठ , जप तप , प्रार्थना , बन्दना गरी प्रत्येक मनुष्यमा आध्यात्मिक चिन्तनका साथै अहिंसा , शान्ति , सत्य र न्यायको मार्ग अबलम्वन गरी मानवविच तनाव द्धन्द्ध अन्त्य होस् भन्ने उदेश्यका साथ उक्त कङ्ग्यूर महापूजा सञ्चालन गर्न लागिएको हो” उहाँले भन्नु भयो । यस्तैगरी महापूजामा संकलित धनराशिले गुम्बा परिसरमा आवश्यक भौतिक संरचना निर्माण गरी जिललाको नै नमुना बौद्ध धार्मिक पर्यटकीय तिर्थस्थल निर्माण गर्ने मूल उदेश्य रहेको बताइएको छ ।


विश्वशान्ति त्रिपिटिक पाठवाचनमा बौद्ध धर्मग्रन्थको १०८ ठेली पुस्तक १०१ जना लामा गुरुहरुबाट वाचन गराइ उक्त धार्मिक अनुष्ठान समारोहलाई महापूजाको रुपमा सञ्चालन गरिने छ । महापूजाको पहिलो दिन विभिन्न जातजातिको संस्कृति झल्कने झाँकी सहितको शान्ति पदयात्रा कावासोती थानाचोकदेखि गुम्वा सम्म गरिने गुरुङले बताउनु भयो । कार्यक्रमको नवनिर्वाचित गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समुद्घाटन गर्ने आयोजकले जनाएको छ ।

यस्तै कार्यक्रममा क्रमश माघ १७ गते सत्यवचन परम इश्वरिय मार्ग दर्शनको प्रस्तुत , १८ गते सर्वधर्म महामिलन कार्यक्रम सबै धर्मगुरुहरुबाट प्रवचन , श्री एक हजार ८ स्वामी ज्ञानानन्द सरस्वती महाराज पिठाधीश देवघाटधामको प्रवचन ,बौद्ध धर्म तर्फ खेनपो दशरथ गुरुङ , ब्रम्हकुमार राजु घले ओमशान्ति , आत्माज्ञान राधा स्वामी , साइराम श्री मनिष सापकोटा , मानव धर्म केन्द्रीय प्रमुख चमेलीबाइजी , इस्लाम धर्म , क्रिश्चियन धर्मको प्रवचन हुने गुम्वाका महासचिव गंगाप्रसाद गुरुङले बताउनु भयो ।
यस्तै गरी माघ १९ गते दोश्रो विश्वशान्ति त्रिपिटक महापूजाको अवसरमा धर्मगुरुहरु र विद्धान व्यक्तित्वहरुको सममेलन , २० गते प्रमुख वाचक धर्मगुरुहरुद्धारा प्रवचन हुने , २१ ग्ते पूजापाठ, हवन , चौरासी पूजा , तुला दान र २२ गते खेन्पो सिर लामा गुरुङबाट वाङ्ग अभिषेक र टप्चे कार्यक्रम रहने छ ।

Related Post

Leave A Comment