Latest
img

राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयका ५ सय ५२ दीक्षित

नवलपुर। राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेश कुमार कार्कीले अनुशासनले नै राष्ट्रिय एकता कामय हुने बताउनुभएको छ ।

पूर्वी नवलपरासीको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तिखोरबाट वार्षिक सामुहिक क्याम्पको अन्तिम दीक्षान्त कवाज समारोहमा दीक्षित क्याडेटहरुलाई सम्बोधन गर्दै उपरथी कार्कीले निस्वार्थ सेवा भावबाट सर्मपित भई देशभक्त नागरिक हुनुपर्नेमा जोड दिनुभयो । तालिममा सिकेका सिपहरुले भविष्यमा आउन सक्ने चुनौतीलाई सहज रुपमा सामना गर्न सहयोगी हुने विश्वास लिएको उपरथी कार्कीले बताउनुभयो ।

राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय वार्षिक सामुहिक क्याम्पको अन्तिम दिक्षान्त समारोहमा सिनियर डिभिजन (१७ ब्याजका) ५ सय ५२ जना क्याडेटहरु दिक्षित भएको शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी अनिल महतले बताउनुभयो ।

तालिममा ललितपुर, भक्तपुर र काठमाण्डौको १६ विद्यालयका छात्र र छात्राहरुको सहभागिता रहेको थियो । सहभागि मध्ये उत्कृष्ट २२ जना छात्र र छात्राहरुलाई दर्जानी चिन्ह समेत प्रदान गरिएको थियो । राष्ट्रिय सेवा दलको एक सयको दिनको तालिम मध्ये ७९ दिन विद्यालय र २१ दिन नेपाली सेनाको क्याम्पमा नै लगेर सिकाइन्छ ।

जहाँ शैनिक कला, विपद जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यत्तित्व विकास राष्ट्रियता, सामाजिक उत्तरदायित्व तथा अनुसासन सम्बन्धी विविध सौदान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी महतले जानकारी दिनुभयो ।

राष्ट्रप्रति सर्मपित, राज्य सस्थाप्रति सम्मान गर्ने देशभक्त नागरिक निमार्ण गर्ने उदेश्यले २०२२ देखि राष्ट्रिय सेवा दलको स्थापना भएको हो । अहिले प्रत्येक वर्ष ७ हजार ७ सय राष्ट्रिय सेवा दलका क्याडेटहरु तयार हुदै आएका छन् ।

Related Post

Leave A Comment